‘एमिकस क्युरी’ का सदस्य कार्कीको राय : ‘संविधानमा जे लेखेको छ, त्यही मात्रै हेरौँ’

 फागुन ४, २०७७ मंगलबार १४:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीले राय दिने क्रम सुरु भएको छ ।

एमिकस क्युरीका तर्फबाट पहिलो राय दिनुभएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा जे लेखेको छ, त्यही कुरा मात्रै हेर्नुपर्ने बताउनुभएको छ । संविधान निर्माण गर्दा भएका छलफल र संविधानले यसो भन्न खोजेको हो भनेर कल्पना गर्नुभन्दा पनि संविधानमा जे लेखिएको छ, ठ्याक्कै त्यही कुरालाई हेर्नुपर्ने कार्कीको राय छ । 

संवैधानिक इजलासमा कार्कीले भन्नुभयो,  ‘संविधान बनाउनेहरू नै अहिले संविधान समाप्त हुन लाग्यो भनेर सडकमा आन्दोलन गरिरहेका छन्, हामीले बनाएको संविधान दुर्घटनामा पर्‍यो भनिरहेका छन्, यो विषयको निष्कर्ष संवैधानिक इजलासले गम्भीर ढङ्गले निकाल्नुपर्छ ।’ 

संसद् विघटनको विषयमा २०४७ सालको संविधानमा भएको व्यवस्थाभन्दा २०७२ सालको संविधानमा धेरै फरक भएकाले दोहोरो अर्थ लाग्ने गरी अलमलिनु पर्ने कारण नरहेको वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीको भनाइ छ । 

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ । उहाँहरूले प्रतिनिधि सभा विघटनको विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनु हुनेछ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया