फेरि बढ्यो पेट्रोल, डिजल/मट्टीतेलको भाउ

 फागुन ४, २०७७ मंगलबार २१:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -नेपाल आयल निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ । मङ्गलबार राति विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको छ ।

निगमका अनुसार अब पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ ।
एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा एलपी ग्यासको मूल्यमा प्रति लिटर प्रति सिलिण्डर क्रमशः दुई र २५ रुपैयाँ बढाएको थियो ।

निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rakesh Kumar Singh

    Feb. 16, 2021, 9:57 p.m.

    जनताले पाइएको पेट्रोल र मासु भात ब्याज सहित असुली।

  •  0 Reply

तपाईको प्रतिक्रिया