टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना, सचे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – संयुक्त राष्ट्रसंघले म्यानमारका नागरिकको अधिकारलाई सम्मान गर्न सैन्य नेतृत्वसँग आग्रह गरेको छ ।
नागरिकको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न आग्रह गर्दै राष्ट्रसंघले प्रदर्शनमा थप ज्यादती भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । म्यानमारको सेनाका डेपुटी प्रमुख सोय विनसँगको फोनवार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर वग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिनुभएको हो ।
सेनाले सत्ता कब्जामा लिएपछि बन्द भएको इन्टरनेट सेवा भने सुरु भएको खबरमा उल्लेख छ । गएको फेब्रुअरी एकमा सेनाले सत्ता कब्जा गरेको हो । सैन्य ‘कू’को विरोधमा म्यानमारमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सेनाले मुख्य शहरमा सेनाका बख्तरबन्द गाडी तैनाथ गरेको छ ।
हिजो मात्रै म्यानमारकी विपक्षी नेतृ आङ सान सुकी माथि अर्को आरोप समेत लगाइएको छ । तर आरोपबारे खुलाइएको छैन । त्यहाँको सेनाले नयाँ चुनाव गराउने र सत्ता त्याग्ने भन्ने आफ्नो प्रतिबद्धतालाई दोहाेर्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।