भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण, मन्त्रीसहित तीन जना घाइते

 फागुन ६, २०७७ बिहिबार १२:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण भएको छ ।

पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते हुनु भएको छ । पेटमुनि चोट लागेका उहाँलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय प्रहरीकाअनुसार आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । कलकत्ता जानका लागि रेलवे स्टेशनमा पुगेका हुसेनमाथि बम हमला भएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । यसअघि पश्चिम बंगालमा भाजपाका नेता बाबु मास्टरमाथि पनि आक्रमण भएको थियो ।

पश्चिम बंगालमा आउँदाे अप्रिल र मेमा विधान सभाको चुनाव हुँदैछ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया