विध ल्याबलाई ‘ए’ ग्रेडको अनुमति, निःसन्तान दम्पतीका लागि बाँझोपन पनि परीक्षण

 फागुन ६, २०७७ बिहीबार १३:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको कुपण्डोलमा रहेको विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधवार ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको हो । 

जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड निर्देशिका २०७३’ अनुसार मापदण्ड पूरा गरेको पाइएकाले ‘ए’ ग्रेडको प्रयोगशाला सञ्चालन अनुमति दिइएको छ ।

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले एक पत्रमार्फत २०७८ असार मसान्तसम्मका लागि अनुमति जारी गरिएको बताउनु भएकाे छ। अनुमति पाएपछि ल्याबले अझै सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ । ल्याबका सञ्चालक विके भण्डारीकाअनुसार अहिले करीब २ हजार ५०० प्रकारका टेस्टहरू ल्याबमा गरिने भएको छ ।

कोरोना भाइरसकाे महामारीपछि सञ्चालनमा आएको ल्याबले देशभरिका ल्याबमध्ये सबैभन्दा बढी आरटी पीसीआर परीक्षण गरेको भण्डारीले जानकारी दिनुभयाे । ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धी सम्पूर्ण जाँच हुने जनाइएको छ ।

सञ्चालक भण्डारीले अहिले चलनचल्तीको मूल्यभन्दा कम मूल्यमा परीक्षण गर्ने तयारीमा रहेको बताउनु भयाे । छोटो समयमा निकै चर्चा बटुलेको ल्याबले पोखरामा पनि आफ्नो सेवा  विस्तार गरिसकेको छ । अहिलेसम्म गुणस्तरमा कुनै समस्या नआएको ल्याबले दाबी गरेको छ ।

ल्याबमा निःसन्तान दम्पतीका लागि पनि बाँझोपन परीक्षण सेवा उपलब्ध गराउन सुरू गरिएको ल्याबका कार्यकारी प्रमुख रविशंकर पोखरेलले बताउनु भयाे । उहाँका अनुसार १ महिनासम्म टेस्ट गर्न आउनेलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने ल्याबमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको एन्टिबडी परीक्षण पनि भइरहेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया