यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि बिहीवार (आज) सम्म अदालतका सहयाेगी अर्थात् एमिकस क्युरीका चार जना सदस्यले राय दिएका छन् । बुधवारसम्म बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिएकोमा बिहीवार पूर्णमान शाक्यले राय दिनुभएको छ ।
शाक्यले प्रधानमन्त्रीले आफ्नो पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न नमिल्ने बताउनुभयो । वरिष्ठ अधिवक्ता शाक्यले सिङ्गो संसद् र अन्य दलका सांसद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको मारमा किन पर्ने ? भन्दै प्रश्न पनि गर्नुभएको छ ।
पार्टीको विवादलाई आधार बनाएर संसद् भङ्ग गरेर अन्य व्यक्तिलाई समेत प्रधानमन्त्री हुन पाउने बाटो ओलीले छेकेको शाक्यको भनाइ छ ।
एमिकस क्युरीका पाँच जनामध्ये बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र पूर्णमान शाक्यले प्रतिनिधि सभा विघटनलाई गलत भनेका छन् भने विजयकान्त मैनालीले प्रतिनिधि सभा विघटनको बचाउ गर्नुभएको छ । अब गीता पाठकले राय दिन बाँकी छ ।
शुक्रवार (भोलि) पाठकले राय दिएपछि सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि फैसलाको तयारी गर्नेछ ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोध हुँदै आएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।