यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाकासहितको श्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सबै नागरिकलाई खोपको सुनिश्चितता दिने गरी कार्ययोजनासहितको श्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो । बिहीवारकाे एक कुराकानीमा कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले स्पष्ट खाकासहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो ।
खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनियताको विषयमा नागरिकलाई सुनिश्चित गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो । नेता महतले भन्नुभयो, ‘खोप खरिद गर्नुपर्ने खण्ड छ भने त्यो खरिद प्रक्रिया पनि पारदर्शी, सुरक्षा र विश्वसनियताको बारेमा पनि नेपाली नागरिकलाई सुनिश्चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाकासहितको विस्तृत समयकालीन कार्यतालिकासहित, स्रोतसहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ । यो हामी माग गर्छाैँ ।’
भारतले १० लाख खोप निःशुल्क दिएको र त्याे खोप दिन थालिए पनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाइ छ । उहाँले भन्नुभयो, ‘पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरूले तयार गरेका छन्, त्यो खोप नेपालमा लगाउने विषयमा सरकार गम्भीर भइराखेको छैन । भारतले १० लाख निःशुल्क दिएको कुरा छ र त्यो खोप दिन थालिएको भनिएको छ तर पारदर्शी कार्ययोजना आएको छैन । सरकारले प्रस्तुत गरेको छैन ।’
सबैभन्दा पहिला अग्रपङ्क्तिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठिक भए पनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको उहाँले बताउनुभयो । निःशुल्क खोप कहाँ–कहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि सह–महामन्त्री महतकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।