सरकारले संविधान मिच्दैन, लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री ओली

 फागुन ७, २०७७ शुक्रबार ११:४२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान नमिच्ने बताउनुभएको छ । साथै उहाँले आफू नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रतिवद्धता जनाउनु भएकाे छ ।

प्रजातन्त्र दिवसको अवसरमा काठमाण्डौको टुँडिखेलमा भएको कार्यक्रममा उहाँले नागरिकको अभिमतभन्दा विपरीत आफू नजानेसमेत बताउनुभयो । तर प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लाग्दै आएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि बहस चलिरहेको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अर्को वर्षसम्म नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा प्रवेश गर्नेसमेत बताउनुभएको छ । देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उहाँले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा समेत जोड दिनुभयो ।

कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उहाँले सानातिना मतभेदलाई चुनावमा गएर ताजा जनमत लिएर आउनुपर्ने बताउनुभयो । आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदै छ ।

२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया