लद्दाखमा भएकाे झडपमा पाँच सैनिक मारिएकाे चीनकाे स्वीकार

 फागुन ७, २०७७ शुक्रबार १२:३८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले लद्दाखको गलवानमा क्षेत्रमा गएको वर्ष  भएको झडपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको छ ।  

चीनले पहिलोपटक गएकाे वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको बीबीसीको खबरमा उल्लेख छ । 

झडपमा भारतका २० सैनिक मारिएका थिए । एक जनाको उद्धारको क्रममा खोलामा बगेर ज्यान गएको थियो । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बताएको छ ।

नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाइके जोशीकाअनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको हो ।

 यस घटनामा अझ धेरै सैनिक मारिएको आशङ्का गरिएको छ तर उद्धार गरिएकाको अवस्था के छ चीनले बताएको छैन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया