कोरोनाविरुद्धको खोप ढुवानी गर्ने विश्वका ठूला १५ वटा एअरलाइन्सको प्रतिबद्धता, नेपालले पनि फाइदा उठाउने

 फागुन ७, २०७७ शुक्रबार १५:१६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभ्याक्स सुविधाको खोप ओसार्न विश्वका ठूला एअरलाइन्सले प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफको अगुवाइमा विश्वका कम आय भएका देशलाई प्राथमिकतामा राखेर खोप ओसार्न ठूला एअरलाइन्स कम्पनी सहमत भएका छन् ।

कोरोनाविरुद्धको खोप, अत्यावश्यक औषधि, मेडिकल सामग्री तथा अन्य महत्त्वपूर्ण वस्तुहरू प्राथमिकताका आधारमा आपूर्तिमार्फत युनिसेफलाई सहयोग गर्नका लागि विश्वका १५ प्रमुख वायु सेवा कम्पनीहरूले एउटा सम्झौतामा हस्ताक्षर गर्दैछन् ।

युनिसेफको आपूर्ति महाशाखाका निर्देशक एत्लेभा कादिलिले कोल्ड चेनयुक्त भण्डारणसहित छोटो समयमै धेरै परिमाणमा विश्वका विभिन्न ठाउँमा पुर्‍याउनुपर्ने गरी जीवन रक्षक खोपको ढुवानी कार्य आफैमा एउटा विशाल एवं जटिल प्रक्रिया भएकाे र यसलाई केही हदसम्म सहज बनाउन विश्वका प्रमुख वायु सेवा कम्पनीले प्रतिबद्धता जनाएको बताउनुभएको छ ।

हवाई ढुवानी अभियानमा संलग्न हुने वायु सेवा कम्पनीहरूले विश्वका एक सयभन्दा धेरै देश समेट्दै विभिन्न रुटमा खोप पुर्‍याउने छन् ।  कोभ्याक्स सुविधाको पहिलो चरणमा एक सय ४५ देशमा बसोबास गर्ने औसतमा तीन प्रतिशत जनसङ्ख्यालाई लगाउन पुग्ने गरी खोप वितरण गरिनेछ ।    

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया