नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला !

 फागुन ९, २०७७ आइतबार १७:५८:५२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई जनकपुरमा एक सय एक किलाेकाे माला लगाएर स्वागत गरिएको छ । आइतबार दिउँसो जनकपुर आउनुभएका प्रदेश प्रमुख झालाई स्थानीय युवाकाे समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् । 

प्रमुख झा एखरपोर्टबाट रामजानकी मन्दिर पुग्नुभएकाे छ । उहाँले आइतवार नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

पदभार ग्रहणका लागि जनकपुर आउनुभएका झालाई स्वागत गर्न प्रदेश सरकारका काेही प्रतिनिधि सहभागी थिएनन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे शुक्रवार नेकपाकाे प्रचण्ड–माधव समूह निकट तिलक परियारलाई बर्खास्त गरेर झालाई नियुक्त गर्नुभएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया