यूएसएआईडीको संरचना भङ्ग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - इरानले संयुक्त राष्ट्रसङ्घका अनुगमनकर्ताहरुलाई आफ्नो परमाणु केन्द्रमा अनुगमनका लागि थप तीन महिना पहुँच दिने भएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार इरान राष्ट्रसङ्घीय अनुगमन निकायका अधिकारीहरुलाई थप तीन महिना परमाणु केन्द्रहरुमा निगरानीका लागि स्वीकृति दिने भएको हाे । तर हतारमा गरिएको यो सम्झौताले इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्तालाई अब अनुगमनको कम मात्र पहुँच हुनेछ ।
उनीहरूले आकस्मिक निरीक्षण गर्न पनि नपाउने बीबीसीले जनाएको छ । इरानले भोलिदेखि निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्दैछ । सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका प्रतिबन्धहरू अमेरिकाले नहटाएकाले इरानले यो कदम चालेको हो ।
आईएईएसँगको सम्झौतापछि अब तेहरान र वाशिङ्गटनलाई सम्झौतामा पुग्न थप समय प्राप्त भएको छ । ट्रम्प प्रशासनले इरानमाथि पुनः प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौताअनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।