इन्जिनमा समस्या देखिएपछि बोइङ ७७७ विमान उडाउन रोक

 फागुन १०, २०७७ सोमबार १६:३१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आफ्नो एक विमानको इन्जिनमा समस्या आएपछि अमेरिकी विमान निर्माता बोइङले विश्वरमा दर्जनौँ बोइङ ७७७ विमान ‘ग्राउण्डेड’ गर्ने निर्णय गरेको छ । 

गएको शनिवार दुई सय ३१ यात्रु लिएर उडेको एक विमान अमेरिकाको डेनभर विमानस्थलमा फर्किन बाध्य भएको थियो । यस घटनामा कसैलाई पनि क्षति नपुगेको बताइएको छ । 

यसपछि युनाइटेड एअरलाइन्स र जापानको दुई मुख्य एअरलाइन्सले ६२ विमानको प्रयोग बन्द गरेको छ । कोरियन एअरले पनि ६ विमानको प्रयोग बन्द गरेको छ ।  

बोइङले कुल एक सय २८ विमान, जसमा डेनभर विमानमा रहेको इन्जिन छ, त्यसको प्रयोग रोक्ने जनाएको छ ।

कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘जाँच अझै पनि चलिरहेको छ, हामीले प्रेट एण्ड ह्विटनी ४०००–११२ इन्जिनका प्रयोग भइरहेको ६९ र स्टोरमा राखिएका ५९ विमानको प्रयोग रोक्न सिफारिस गरेका छौँ ।’

फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार यस विमानको प्रयोग अमेरिकामा युनाइटेड एअरलाइन्सले मात्र गरिरहेको छ । यसका साथै यसको प्रयोग जापान र दक्षिण कोरियामा भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया