आईएमई र अल अहलिया एक्सचेन्सबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झाैता

 फागुन १०, २०७७ सोमबार २०:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रेमिट्यान्स सेवा प्रदान गर्दै आएको संयुक्त अरब इमिरेट्सको कम्पनी अल अहलिया एक्सचेन्स र नेपालको रेमिट्यान्स सेवा प्रदायक आईएमई लिमिटेडको डिजिलट भुक्तानी सेवा प्रदायक आईएमई पेबीच समझदारी भएको छ । यी दुई कम्पनीबीच पीटुपी मनी ट्रान्सफरका लागि समझदारी भएको हो ।

समझदारीपछि आईएमईमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आईएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्सचेन्ज यूएईबाट नेपालको आईएमई पेमा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज कम्पनी हुनेछ । 

रोजगारी या व्यापार व्यवसायका लागि यूएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्जबाट पठाएको पैसा आईएमई पे वालेटमा प्राप्त गर्ने गरी आईएमई डिजिटल र आईएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा निकै खुसी लागेको अल अहलिया एक्सचेन्जका निमित्त महाप्रबन्धक कमल सुब्बाले बताउनुभयो ।

आईएमई पे ब्राण्डको प्रवर्द्धित संस्था आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले यो सेवा विस्तारसँगै नेपाल भित्रिने रेमट्यिान्समा यूएईको योगदान बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया