अमेरिकामा काेराेना : पाँच लाखभन्दा धेरैले ज्यान गुमाए, पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाइँदै

 फागुन ११, २०७७ मंगलबार ९:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको छ ।

वर्ल्ड ओ मिटरकाअनुसार अमेरिकामा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १२ हजार ५ सय ९० जनाको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा ज्यान गुमाउने अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु दु:खद भएको बताउनु भएको छ ।

ह्वाइटहाउसबाट सम्बोधन गर्दै उहाँले कोरोना महामारीसँग लडिरहेको भन्दै यस्तो दुःखद अवस्था आए पनि विक्षिप्त नहुन आग्रह  गर्नु भएको छ । उहाँले कोरोनाविरुद्धको लडाइमा सबैले मिलेर जुट्नु पर्नेमा जोड दिनु भएको छ । सम्बोधनपछि ज्यान गुमाएकाहरुको सम्झनामा मौन धारण गरिएको थियो ।

यस्तै, अमेरिकामा गुमाएकाको सम्झनामा पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाउन पनि निर्देशन दिइएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ अहिलेसम्म दुई करोड ८८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया