पोखरा गोल्डकपको पहिलो क्वाटरफाइनलमा आज पुलिस र ब्रिगेड ब्वाइज...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकाय यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले जनाएको छ ।
एफडीएले जोन्सन एण्ड जोन्सनको खोपको प्रयोगका लागि केही दिनमै स्वीकृति दिने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् । यो खोपले अनुमति पाए सस्तो र सजिलो खोपका लागि सजिलो विकल्प हुने खबरमा उल्लेख छ ।
यो खोप रेफ्रिजेरेटरमा पनि राख्न सकिने भएकाले भण्डारणमा सहज हुने भनिएको हो । यस्तै, यो खोपको मात्रा एक डोज दिएमात्रै पनि पुग्ने छ । अहिले प्रयोगमा आएको मोर्डना र फाइजरको खोपको मात्रा दुई डोज दिने गरिएको छ । जाेन्सन एण्ड जाेन्सनले गएको महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो ।
यसको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको थियो । परीक्षणमा गम्भीर बिरामी हुनबाट रोक्न यो खोपको ८५ प्रतिशत प्रभावकारिता पाइएको थियो भने समग्रमा खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको थियो ।
भोलि विशेषज्ञ टोलीले यो खोपलाई मान्यता दिने नदिनेबारे निर्णय गर्ने बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।