सुनको भाउ ५ सय रुपैयाँले घट्यो

 फागुन १३, २०७७ बिहिबार ११:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ ।  

तोलामा आज चाँदीकाे भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया