भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

 फागुन १३, २०७७ बिहिबार १२:०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ तारिखदेखि हुने भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ तारिखदेखि ६० वर्षभन्दा माथिका  व्यक्तिलाई खोप लगाइने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।

दीर्घरोगीको हकमा भने ४५ वर्षमाथिकालाई पनि खोप दिइने त्यहाँका अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथ्याङ्क छ ।

भारतले जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान सुरु गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया