ग्वार्को तरकारी बजारमा 'क्यूआर' कोड सेवा सुरु

 फागुन १३, २०७७ बिहिबार १९:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको ग्वार्को तरकारी तथा फलफुल बजारमा मोबाइल फोनबाट भुक्तानी गर्न 'क्यूआर' कोड सेवाको सुरुवात भएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले क्यूआर कोडमार्फत भुक्तानी सेवाको सुरुवात गर्नुभएको हो । उहाँहरूले तरकारी तथा फलफुल बजारका व्यवसायीहरूलाई 'क्यूआर' स्ट्याण्ड हस्तान्तरण गर्नुभयो ।

अब ग्वार्को तरकारी बजारमा किनमेलका लागि जानेहरूले नगदको सट्टा 'क्यूआर' कोडमार्फत भुक्तानी गर्न सक्नेछन् । राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई जोड दिएसँगै विभिन्न तरकारी तथा खुद्रा बजारमा 'क्यूआर' कोडमार्फत भुक्तानीको सुरुवात भइरहेको छ ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया