संसदीय प्रक्रिया सुरु भएपछि मात्रै सत्ता समीकरणबारे निर्णय लिन्छाैँ : कांग्रेस नेता पाैडेल

 फागुन १३, २०७७ बिहिबार १९:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठकले संसदीय प्रक्रिया सुरु भएपछि मात्रै सत्ता समीकरणको सम्बन्धमा निर्णय लिने निष्कर्ष निकालेको छ । 

बिहीवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले संसदीय प्रक्रिया सुरु हुनु अगाडि नेपाली कांग्रेसको केही भूमिका नहुने भन्दै संसदीय प्रक्रिया आरम्भ भएपछि सत्ता समीकरणलगायतका आफ्नो भूमिकाहरूको बारेमा निर्णय लिने निष्कर्ष निकालेको हो । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया कसरी अगाडि बढ्छ, त्यसैअनुसार आफ्नो पार्टीले सल्लाह गरेर काम गर्ने बताउनुभयो । संसदीय प्रक्रिया अगाडि नबढी नेपाली कांग्रेसको भूमिका नहुने पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदीय प्रक्रिया केही सुरु भएको छैन । संसदीय प्रक्रिया केही अगाडि नबढीकन नेपाली कांग्रेसले अहिले गर्ने भूमिका खासै केही छैन । पहिले प्रक्रिया अगाडि बढोस्, कसरी आउँछ, त्यहीअनुसार हाम्रो पार्टीले सल्लाह गरेर काम गर्छौँ ।’

वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीलाई बचाएकोमा नेपाली कांग्रेसले सन्तोष मानेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया