सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा अमेरिकाको आक्रमण

 फागुन १४, २०७७ शुक्रबार ९:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ । समाचार संस्था रोयटर्सकाअनुसार हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको हो।

आक्रमणका कारण भएको क्षतिबारे जानकारी आइसकेको छैन । इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप अमेरिकाले आक्रमण गरेको खबरमा उल्लेख गरिएको छ । यसअघि गएको हप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो ।

त्यो आक्रमणमा एक जना गैर-अमेरिकी ठेकेदारको ज्यान गएको थियो भने चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया