चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
अमेरिकासँग हुने भनिएको वार्ताका बारेमा थप छलफल गर्न उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् । उत्तर कोरियाका उच्च पदस्थ कूटनीतिज्ञ जनरल किम योङ चोल अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग छलफलमा रहेको बीबीसीले जनाएको छ ।
चोल झण्डै २० वर्षमा अमेरिकाको भ्रमण गर्ने उत्तर कोरीयाको पहिलो उच्च अधिकारी हुनुहुन्छ । भ्रमणलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको वार्ताको तयारीका रुपमा लिइएको छ । अमेरिका पुगेका यी उच्च अधिकारीलाई उत्तर कोरियाली नेता किमको दायाँ हातका रुपमा चिनिन्छ ।
ट्रम्प र किमबीच जुन १२ तारिखमा नै वार्ता हुने सम्भावना बढ्दै गएको विश्लेषण भइरहेका बेला उत्तर कोरीयाली उच्च अधिकारीले अमेरिका भ्रमण गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।