सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

 फागुन १४, २०७७ शुक्रबार १२:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रवार पनि सुनको भाउ घटेको छ ।

शुक्रवार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया