साउदीका युवराजको आदेशमा पत्रकार खशाेग्गीकाे हत्या : अमेरिकी गुप्तचर

 फागुन १५, २०७७ शनिबार ७:२०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पत्रकार जमाल खशाेग्गीको हत्यामा साउदी अरबका युवराज सलमान बिन मोहम्मद संलग्न रहेको अमेरिकी गुप्तचर विभागको रिपोर्टले देखाएको छ । 

राष्ट्रपटि जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशाेग्गीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको खुलेको दाबी गरेको छ। तर साउदीका युवराज मोहम्मदले भने खशाेग्गीको हत्या गर्ने आदेश दिएको कुरालाई अस्वीकार गरेका छन् । 

पत्रकार खशाेग्गी सन् १०१८ मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेका थिए । खशाेग्गी केही व्यक्तिगत कागजात लिन दूतावास गएका थिए ।

पत्रकार खशाेग्गी साउदी सरकारको आलोचकको रुपमा रहेका थिए ।​ खशाेग्गी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर, गएको वर्ष अदालतले निर्णय परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने फैसला गरेको थियो ।

सन् २०१९ मा यूएनका विशेष अधिकारी एग्नेश क्यालमार्डले साउदी सरकारले योजनाबद्ध ढंगले खशाेग्गीको हत्या गरेको आरोप लगाएका थिए । तर, साउदीले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया