कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा आज ६ घण्टा बत्ती जाने

 फागुन १५, २०७७ शनिबार ८:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, पनिका, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालयहरुमा आज ६ घण्टा बत्ती जाने भएको छ ।

कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

कीर्तिपुर फिडरअन्तर्गत नाङ्गो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा लाइन काटेर काम गर्न लागिएको हो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया