आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट

 फागुन १५, २०७७ शनिबार १४:३२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्राथमिक शेयर अर्थात् आईपी‍‍‍‍ओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ । आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।

मेरो शेयरबाट आईपीओको नतिजा हेर्न समस्या भएको र धेरैजनाले एकैपटक हेर्दा चापका कारण अरु सेवा पनि प्रभावित भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो । अब iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।

ईपीओको नतिजा मात्रै राखिने यो पोर्टल छिटो छरितो र धेरै लगानीकर्ताले एकैसाथ प्रयोग गर्न मिल्ने गरि बनाइएको लिमिटेडको दाबी छ । मेरो शेयर वेबसाइट र मोबाइल एपमा समस्या आएको भन्दै लगानीकर्ताले लामो समयदेखि गुनासो गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया