सहिद स्मारक 'बी' डिभिजन लिगमा खुमलटार शीर्ष स्थानका लागि अङ्क सुधार्ने दाउमा

 फागुन १६, २०७७ आइतबार ६:४४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज खुमलटार युथ क्लब र झम्सीखेल युथ क्लबबीचको खेल हुँदैछ ।

दिउँसो साढे ३ बजे हुने खेलमा दोस्रो स्थानमा रहेको खुमलटार शीर्ष स्थानका लागि अंक सुधार गर्ने दाउमा रहेको छ भने नवौं स्थानमा रहेको झम्सीखेल पनि आठौं स्थानमा पुग्ने दाउमा छ ।

लिगमा खुमलटार १६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने झम्सीखेल ६ अंकसहित नवौं स्थानमा रहेको छ । यस्तै दिउँसो सवा १२ बजे ब्याइज युनियन क्लब र नयाँ बस्ती युवा क्लबबीचको खेल हुँदैछ । ब्वाइज युनियन ११ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने नयाँ बस्ती पनि ११ अंकसहित नै पाँचौं स्थानमा रहेको छ ।

नयाँ बस्तीले आजको खेल जितेमा स्थान सुधार गर्नेछ भने ब्वाइज युनियनले जितेमा अंक सुधार गर्नेछ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया