सत्ता गठबन्धनकाे साझा सङ्कल्प : भ्रष्टाचारी एक दिन कानुनको कठघर...
चैत ६, २०८० मंगलबार
काठमाण्डाै – म्यानमारमा सैन्य कू को विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा दश जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा १० जनाभन्दा धेरै घाइते भएका छन् । सैन्य ‘कू’ पछि भइरहेको विरोध प्रदर्शनमा यो दिनलाई घातक दिनका रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
याङ्गोन, दावेई र म्यान्डलेलगायतका सहरमा प्रदर्शनकारीको ज्यान गएको हो । याङ्गाेनमा मात्रै पाँच जनाकाे ज्यान गएकाे बताइएकाे छ । आइतवार प्रहरीले प्रदर्शन दबाउन गोली, अश्रृग्यास तथा पानीको फोहोरा हानेको बीबीसीमा उल्लेख छ ।
गएको फेब्रुअरी १ मा सैन्य कू पछि ठूलो सङ्ख्यामा शान्तिपूर्ण विरोध प्रदर्शनको हप्तौँपछि सुरक्षा बलले शनिवारदेखि हिंसात्मक कारबाही सुरु गरेको हो । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षका लागि सङ्कटकालको घोषणा गरिएको छ ।
नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा विराेध प्रदर्शन भइरहेका छन् । सेनाको कदम र प्रदर्शनमा भइरहेको दमनलाई अमेरिका र युरोपेली युनियनसहित विभिन्न देशले आलोचना गरेका छन् ।