लगातार घटेको सुनको भाउ चार सय रुपैयाँले बढ्यो

 फागुन १७, २०७७ सोमबार ११:३३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

आज तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ ८८ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया