अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज झण्डै ४१ अंकले बढेको छ । सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४० दशमलव ६४ अंकले बढेर २५ सय १५ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।
बैंकिङ समूहको शेयर झण्डै २७ अंकले, व्यापारको ९७, होटल तथा पर्यटनको ५६, विकास बैंकको ३८, जलविद्युतको ३१, फाइनान्सको २३, निर्जीवन बीमाको एक सय ८३, उत्पादनको ६८, अन्यको २७, माइक्रो फाइनान्सको ८१, जीवन बीमाको तीन सय ५९ र लगानी समूहको शेयर झण्डै दुई प्रतिशतले बढेको छ ।
दुई सय नौ कम्पनीका एक करोड १८ लाख ३८ हजार कित्ता शेयर पाँच अर्ब ६९ करोड २३ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको सबैभन्दा धेरै ४४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज चन्द्रागिरी हिल्स लिमिटेडको झण्डै १० र कर्पाेरेट विकास बैंकको शेयर आठ प्रतिशत भन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।