म्यानमार : सेनाकाे विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी

 फागुन २०, २०७७ बिहीबार १४:३०:२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – म्यानमारमा गएको बुधवार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको भोलिपल्ट बिहीवार पनि निकै ठूलो सङ्ख्या प्रदर्शनकारी सडकमा निस्किएका छन् । 

म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गोनमा प्रदर्शनकारीहरुले सडकमा टायर, तारबारको ब्यारिकेड्स बनाएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अशृग्यास र गोली चलाएको बीबीसीले जनाएको छ । यद्यपि अहिलेसम्म कसैलाई पनि क्षति नपुगेको बताइएको छ । 

प्रत्यक्षदर्शीहरूले याङ्गोनका साथै केन्द्रीय सहर मोन्यावामा पनि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको बताएका छन् । साथै सञ्चारमाध्यममा आइरहेको खबर अनुसार याङ्गोनको पश्चिमतर्फ पर्ने पाथेन सहरमा पनि प्रहरीले गोली चलाएको छ । 

सामाजिक कार्यकर्ता माउङ्ग शाउङ्गकाले समाचार एजेन्सी रोयटर्ससँग भन्नुभएको छ, ‘हामीलाई गोली लाग्न सक्थ्यो र हामी मर्न सक्थ्यौ भने हामीलाई थाहा थियो । तर यसको अर्थ हामी सैन्य शासन स्वीकार गर्छाैँ भन्ने होइन ।’

बुधवार म्यानमारमा भएको विरोध प्रदर्शनमा कम्तीमा ३८ प्रदर्शनकारीको ज्यान गएको थियो र त्यो घटनालाई लिएर संयुक्त राष्ट्र सङ्घले ‘रक्तपातपूर्ण दिन’ भएको थियो । 

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा म्यानमारको सम्बन्धमा शुक्रवार चर्चा हुने बताइएको छ । 

म्यानमारमा गएको फेब्रुअरी १ मा सैन्य कू पछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरूलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको छ ।

नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै पनि विरोध प्रदर्शन भइरहेको छ । सेनाको कदम र प्रदर्शनमा भइरहेको दमनलाई अमेरिका र युरोपेली युनियनसहित विभिन्न देशले आलोचना गरेका छन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया