यू–१९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचकाे खेल नतिजाविहीन
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – गएकाे आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
गएकाे आर्थिक वर्षकाे वृद्धिदर माइनस १ दशमलव ९९ प्रतिशत कायम भएको तथ्याङ्क विभागले जनाएको छ । सरकारले कोरोना महामारीका बाबजुद पनि आर्थिक वृद्धिदर ऋणात्मक नभएको दाबी गरे पनि विभागले ऋणात्मक आर्थिक वृद्धिदर सार्वजनिक गरेको हो । कोरोनाका कारण पर्यटन तथा औद्योगिक क्षेत्र, उत्पादन र उपभोग कमजोर हुँदा आर्थिक वृद्धिदर ऋणात्मक भएको उल्लेख छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर पनि ४ दशमलव ६ प्रतिशतले ऋणात्मक रहेको केन्द्रीय तथ्याङ्क विभागले उल्लेख गरेको छ । तर २०७२ सालको भूकम्प र नाकाबन्दीपछि पनि नेपालको आर्थिक वृद्धिदर ० दशमलव २ प्रतिशत रहेको थियो ।
केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो संशोधित तथ्याङ्कले नेपाली अर्थतन्त्र कोरोना महामारीका कारण ऋणात्मक आर्थिक वृद्धिदर हुने देशको सूचीमा परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।