ट्रम्प समर्थकले हिंसात्मक गतिविधि गर्ने सूचना पाएपछि वाशिङ्टनकाे सुरक्षा व्यवस्था कडा

तल्लो सदनको आजको बैठक पनि स्थगित

 फागुन २०, २०७७ बिहिबार १५:१२:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको संसद् भवन क्षेत्र (क्यापिटल हिल्स) मा हुन सक्ने सम्भावित हिंसात्मक घटनालाई ध्यान दिएर राजधानी वाशिङ्टनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वराष्ट्रपति ट्रम्प समर्थकहरूले हिंसात्मक गतिविधि गर्ने सम्भावनाका आधारमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बीबीसीले जनाएको छ ।

मिलिसिया ग्रुपहरूले बिहीवार राजधानी वाशिङ्टनमा प्रदर्शन गर्ने योजना बनाएको र यसमा हिंसात्मक गतिविधि पनि हुने गुप्तचरको सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएकाे सुरक्षा निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाको तल्लो सदन 'हाउस अफ रेप्रिजेनटेटिभ' को बिहीवारकाे बैठक पनि स्थगित गरिएको छ । माथिल्लो सदन सिनेटको काम भने रोकिएको छैन ।

ट्रम्पका समर्थकहरूले गएको जनवरी ६ मा संसद् भवनमा हिंसात्मक आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको ज्यान गएको थियो । ट्रम्प र ट्रम्पका समर्थकहरूले गएको नोभेम्बरमा भएको चुनावमा जो बाइडेन विजयी नभएको र ट्रम्पबाट नतिजा चोरी भएको दाबी गर्दै आएका छन् ।

जनवरी ६ को हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा महाभियोग खेपेका ट्रम्पको महाअभियोग भने पारित भएन । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया