न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको खतरा टर्‍याे

 फागुन २१, २०७७ शुक्रबार ९:१५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्युजिल्याण्डमा आएको शक्तिशाली भूकम्प गएको छ ।

तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको थियो । तर, अहिले सुनामीको खतरा टरेको त्यहाँको राष्ट्रिय आपतकालीन एजेन्सीले जनाएको छ । सुनामीको खतरा नरहे पनि नागरिकलाई समुद्री क्षेत्रमा नजान भने आग्रह गरिएको छ ।

भूकम्प गएपछि आज बिहान न्युजिल्याण्डको उत्तरीद्धीपको किनारमा बस्ने नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको थियो । शुक्रवार बिहान न्युजिल्याण्डमा सात रेक्टर स्केलभन्दा माथिका तीन वटा भूकम्प गएको थियो । उत्तरी पूर्व क्षेत्रमा ८ दशमलव १ रेक्टर स्केलसम्मको भूकम्प गएको मापन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको विवरण आएको छैन ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया