इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको कोरोनाविरुद्धको खोप

 फागुन २१, २०७७ शुक्रबार १३:५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटालीले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोक लगाएको छ ।

यो निर्णयले गर्दा इटालीमा रहेको एस्ट्राजेनेकाको कम्पनीमा उत्पादन भएका २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ ।

युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ ।  यो नियममा यदि कम्पनीले ईयूलाई दिने प्रतिबद्धता गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ ।

इटलीको कदममा युरोपेली आयोगको साथ रहेको बीबीसीले जनाएको छ । एस्ट्राजेनेकाले यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रहरूलाई उपलब्ध गराउने चरणमा छ।  उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ ।

गएको जनवरी महिनामा इटलीका तत्कालीन प्रधानमन्त्रीले एस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको भन्दै कम्पनीहरूमाथि करार उल्लङ्घन गरेको आरोप लगाएका थिए ।  अस्ट्रेलियाले गएको हप्तादेखि फाइजर र बायोएनटेकको खोप प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ ।

एस्ट्राजेनेकाको खोप आजदेखि लगाउने अस्ट्रेलियाको तयारी थियो । यस्तै, अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया