विप्लवलाई हाम्रो पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु : प्रचण्ड

 फागुन २२, २०७७ शनिबार १५:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेक्रविक्रम चन्द ‘विप्लव’लाई आफ्नो पार्टीमा स्वागत गर्न चाहेको बताउनुभएको छ । 

पेरिसडाँडामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आफू हिँडेकै बाटोमा आएकाले विप्लवसँग शान्तिपूर्ण राजनीतिमा सँगसँगै हिँड्न सकिने बताउनुभयो । विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै प्रचण्डले अब एउटै पार्टीमा रहेर काम गर्ने इच्छा रहेको बताउनुभयो । 

‘विप्लव अन्ततःमैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु, र छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु’, प्रचण्डले भन्नुभयो । प्रधानमन्त्री केपी शर्माप्रति आक्रोसित देखिएका प्रचण्डले ओलीमा एउटामा मान्छेमा हुने न्यूनतम नैतिकता पनि नभएको आरोप लगाउनुभयो । 

कार्यक्रममा समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले  प्रधानमन्त्री ओलीले फुर्ति देखाउने दिन गएको बताउनुभयो । अहिले राजीनामा दिएको भए प्रधानमन्त्री ओलीमा नैतिकताको थोरै भए पनि अंश देखिने तर राजीनामा नदिएर आफूलाई नैतिकहीन प्रमाणित गरेको नेपालको आरोप छ । 
 

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया