डेढ महिनामै थपिए साढे पाँच लाख डिम्याट खाता, आफन्त र छिमेकीको नाममा समेत आईपीओ

 फागुन २३, २०७७ आइतबार १३:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्राथमिक शेयर भर्न र कारोबारका लागि खोलिने डिम्याट खाताको सङ्ख्या ३१ लाख नाघेको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार २०७७ सालको पुस अन्तिमसम्म खोलिएका डिम्याट खाताको सङ्ख्या २६ लाख १८ हजार थियो । तर फागुनको २० गतेसम्म यो सङ्ख्या पाँच लाखभन्दा धेरैले बढेर ३१ लाख पुगेको छ । मर्चेण्ड बैंकिङ कम्पनीहरूमा अहिले पनि नयाँ डिम्याट खाताका लागि आवेदनको थुप्रो हुने गरेको छ । 

पुस महिनामा १६ लाख डिम्याट खाता रहेकोमा अहिलेको फागुन अर्थात् १४ महिनामै १५ लाख डिम्याट खाता थपिएकाे धितोपत्र बोर्डले जनाएको छ । 

आफन्त र छिमेकीको नाममा समेत आईपीओ

अर्घाखाँचीका एक युवकले १३ जनाको प्राथमिक शेयर अर्थात् आईपीओ भर्छन् । जुनसुकै कम्पनीको आईपीओ खुले पनि उनले १३ वटाको नामबाट भर्छन् । पाँच/सात जनालाई त आईपीओ परिहाल्छ । 

नाम उल्लेख नगर्ने सर्तमा उनी भन्छन्, ‘मैले घरका बुबा–आमा, दाई–भाउजु, उहाँका दुई जना छोराछोरी, सानी आमा र ठूलो बुवा, उहाँका दुई जना छोराछोरी अनि छिमेकी दुई जनाको नाममा आईपीओ भर्ने गरेको छु ।’ 

१३ जनाको नामबाट भरेको आईपीओले पछिल्लो दुई वर्षमा उनले नौ लाख रुपैयाँभन्दा धेरै नाफा कमाएको बताउँछन् । 

अर्घाखाँचीका ती युवकमात्र होइन नेपालमा अरूको नाममा पनि शेयर भर्नेको सङ्ख्या बढिरहेको छ । 

माघको ६ गते नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्नेको सङ्ख्या १५ लाख २९ हजार थियो । फागुन पहिलो हप्ता खुलेको महिला लघुवित्तको आईपीओ भर्नेको सङ्ख्या १५ लाख ८५ हजार नाघेको छ । 

सहरमा र बैंकिङ पहुँचमा हुनेहरूले आफन्त र गाउँघरमा हुनेहरूका नाममा समेत डिम्याट खाता खोलेर आईपीओ भर्ने गरेका छन् । यसले गर्दा शेयर बजारमा विकृति आइरहेको भन्दै आलोचना हुने गरेको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया