शेयर बजार साढे २१ अङ्कले घट्यो, कारोबार रकम पाँच अर्बमा सीमित

 फागुन २३, २०७७ आइतबार १७:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आइतबार साढे २१ अङ्कले घटेको छ । होटल तथा पर्यटन र जलविद्युतबाहेक अन्य सबै समूहको शेयर घटेपछि नेप्से २१ दशमलव ५८ अङ्कले घटेर २४ सय ८५ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आइतबार बैकिङ समूहको शेयर १२ अङ्कले, व्यापार समूहको एक सय ८१ अङ्कले, विकास बैंकको साढे पाँच, फाइनान्सको तीन, निर्जीवन बीमा समूहको ८५, उत्पादनको ८२, अन्यको १७, माइक्रो–फाइनान्सको ५२, जीवन बीमाको तीन सय ६ र लगानी समूहको शेयर दुई अङ्कले घटेको छ ।

आइतबार दुई सय ११ कम्पनीका एक करोड १७ लाख ७८ हजार कित्ता शेयर पाँच अर्ब ५४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४२ करोड ७८ लाख रुपैयाँको शेयर खरिद/बिक्री भयो ।

नेपाल हाइड्रोपावर कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर्स  र रैराङ हाइड्रोपावर विकास कम्पनीको शेयर झण्डै १० प्रतिशतकाे दरले बढेको छ । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया