म्यानमारको सेनाद्वारा नेतृ सुकीमाथि ६ लाख अमेरिकी डलर घुस लिएको आरोप

 फागुन २७, २०७७ बिहीबार १९:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि अवैध रुपमा रकम लिएको आरोप लगाएको छ ।

म्यानमारको सेनाले नेतृ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैध रुपमा लिएको आरोप लगाएको बीबीसीले जनाएको छ ।  

फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाए पनि यो विषयमा कुनै पनि प्रमाण भने दिएको छैन ।

सेनाले म्यानमारमा 'कू' गर्दा सुकीलाई हिरासतमा लिएको थियो । त्यसयता सुकीलाई कहाँ राखिएको छ भन्नेबारे खुलाइएको छैन ।

सेनाले 'कू' गरेदेखियता म्यानमारमा निरन्तर आन्दोलन चलिरहेको छ । हिजो र आज भएका प्रदर्शनमा सेनाले गोली चलाउँदा थप सात जनाको ज्यान गएको छ ।

सुरक्षाकर्मीको गोली लागेर मियाइङ सहरमा ६ जनाको र  यान्गोनको नर्थ डागोन जिल्लामा एक प्रदर्शनकारीको ज्यान गएको हो ।

प्रजातन्त्र पुनर्बहालीको माग गर्दै म्यानमारमा भइरहेको सेनाविरुद्धको प्रदर्शनमा अहिलेसम्म ६० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया