मे महिनाभित्र अमेरिकाका सबै वयस्क नागरिकलाई खोप लगाइने

 फागुन २८, २०७७ शुक्रबार ११:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनाभित्र सबै वयस्क नागरिकलाई खोप लगाउने गरी तयारी थालिएको जानकारी दिनुभएको छ । 

आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै उहाँले सबै वयस्क उमेरका नागरिकलाई खोप लगाउन राज्य तथा स्थानीय निकायलाई आदेश दिइने बताउनु भएको हो ।

उहाँले युवा उमेर समूहका सम्पूर्ण नागरिकलाई खोप अभियानमा सहभागी हुन आग्रह गर्नु भएको छ । खोप अभियानलाई विस्तार गरिरहेको अमेरिकाले पशु चिकित्सक तथा दाँतका डाक्टर (डेन्टिस) ले पनि खोप लगाइदिन सक्ने गरेर व्यवस्था मिलाएको छ ।

साथै खोपकर्तालाई स्थानीयस्तरमै पठाएर खोप लगाउने व्यवस्था मिलाइने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ रहेको छ । साथै बाइडेनले जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा सानोतिनो भेला गर्न सकिने सम्भावना रहेको बताउनु भएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया