पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हाम्राे भूमिका रहँदैन : निगम

 फागुन २८, २०७७ शुक्रबार १३:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । 

नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताउनुभएको हो । 

उहाँले आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने उहाँकाे भनाइ छ । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने बताउनु भयो । 

आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो-‘अन्य स्रोतबाटै निगम र कर्मचारीको खर्च टर्छ । यस्ता खर्चले गर्दा पेट्रोलियम पदार्थको मूल्यमा कुनै पनि असर आउँदैन । यो मूल्य बढ्नमा सरकारको र निगमको भूमिका छैन । पेट्रोलियम पदार्थको मूल्य प्राकृतिक हिसाबले नै बढेको हो ।’

आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि उहाँले बताउनुभयो । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ । अहिले निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र खाना पकाउने एल पी ग्याँसको मूल्य १४ सय रुपैयाँ कायम गरेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया