अमेरिकामा प्रहरीद्वारा मारिएका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने

 फागुन २९, २०७७ शनिबार ६:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा प्रहरी हिरासतका क्रममा ज्यान गुमाएका अफ्रिकी अमेरिकी समुदायका जर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको छ ।

गएको वर्षको मे महिनामा अमेरिकामा पुलिसबाट मारिएका अश्वेत व्यक्ति जर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको हो । 

अमेरिकाको सहर मिनियापोलिसको प्रशासनले फ्लोइडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत दिने घोषणा गर्नुअघि मिनियापोलिस नगर परिषद्को बैठकले पारित गरेको थियो । 

गएको वर्षको मे महिनामा अमेरिकाका एक प्रहरी अधिकारी डेरेक चौविनले घुँडामुनि थिचेर हत्या गरेको भिडियो भाइरल भएको थियो । भिडियोमा चौविनले फ्लोइडको घाँटीमा धेरै मिनेट घुँडाले टेकेर थिचेको देख्न सकिन्छ । 

फ्लोइड मृत्यु प्रकरणको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञासमेत जारी भएको थियो । फ्लोइडको मृत्यु प्रकरणलाई लिएर अमेरिकाको मिनेसोटा राज्यले मिनियापोलिसका प्रहरीविरुद्ध मानव अधिकारसम्बन्धी उजुरीसमेत दर्ता गराएको थियो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया