म्यानमारका नागरिकलाई अमेरिकाले अस्थायी बसोबास र काम गर्नकाे लागि अनुमति दिने

 फागुन २९, २०७७ शनिबार १८:३५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाले राजनीतिक संकटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । सेनाले सत्ता हातमा लिएपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएकोले मानवीय रक्षाका लागि अमेरिका बस्न अस्थायी अनुमति दिन लागेको अमेरिकाका गृहमन्त्री अलेजान्द्रो मायोर्कासले बताउनुभएको छ । यसरी बस्नेहरुलाई काम गर्ने अनुमति पनि दिइनेछ ।

आन्दोलन र अशान्तिका कारण कसैले म्यानमार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यानमार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिने उहाँको भनाइ छ । यो व्यवस्था अस्ति विहिबारबाट आवातजावात गर्नेलाई लागु हुने छ ।

म्यानमारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् । डेढ महिनादेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको ज्यान गएको छ भने एक हजार आठ सय भन्दा धेरै पक्राउ परेका छन् । आन्दोलन आज पनि चलिरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया