श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध

 चैत १, २०७७ आइतबार ७:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ ।

राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ । 

यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताउनुभएको छ।

सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

योसम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमलाई कडाइ गरिने सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै यस्तो निर्णय लिनुपरेको श्रीलङ्काको सरकारले जनाएको छ।

सन् १०१९ को अप्रिलमा क्याथोलिक गिर्जाघर र होटलमा भएको हमलामा परेर २५० जनाको ज्यान गएको थियो । श्रीलङ्कामा बुर्कालाई धार्मिक चरमपन्थको प्रतीकको रुपमा लिँदै आएको छ । बुर्काका कारण राष्ट्रिय सुरक्षालाई असर गरिरहेको र यसलाई स्थायी रुपमै रोक्न निर्णय लामो समयदेखि रोकिएर बसेको सरकारी अधिकारीहरुले बताएका छन् ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया