ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - अमट्रेड प्रालिले भट्टराई एण्ड ब्रोदर्स पोखरालाई फेब्रुअरी महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ।
आफ्नो वार्षिक बजारीकरण योजनाअन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिनामा उच्च कारोबार गर्ने डिलरलाई सम्मानप्रदान गरिने गरिन्छ ।
फेब्रुअरी महिनामा उच्च काराेबार गर्न सफल भट्टराई एण्ड ब्रोदर्स प्रालि पोखराका संचालक अम्बिका मोहन भट्टराईलाई अमट्रेड प्रालिका सह-महाप्रबन्धक योगराज ढुङ्गानाले पोखरामा एक कार्यक्रममा सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभएको छ । सह-महाप्रबन्धक ढुङ्गानाकाअनुसार सन २०२१ भर हरेक महिनानिर्धारित मापदण्डमा रहेर उच्च कारोबार गर्ने एक डिलरलाई डिलर अफ द मन्थको सम्मानपत्र तथा पुरस्कार प्रदान गरिनेछ।
यसैबीच लुमिनस पावर ब्याकअप सोलुसनको निमित्त नेपालको लागि आधिकारिक वितरक अमट्रेड प्रालिले सन् २०२१ मा सञ्चालन गर्ने आफ्ना बजारीकरण गतिविधिहरुको योजना सार्वजनिक गरेको छ। तीन तहमा निर्धारण गरिएको यस योजनाले डिलर, सब-डिलर र उपभोक्तालाई समेटेको छ।
पालिका र बजारमा रहेका अमट्रेड प्रालिका डिलरहरु मार्फत याे योजनाका विभिन्न गतिविधीहरु संचालन हुनेछन्। डिलरले प्रस्तुत गरेको अवधारणापत्र अनुसार स्थानीय स्तरमा आयोजना हुने बजारीकरण गतिविधिहरु संचालन हुनेछन भने सब-डिलर र उपभोक्ताको हकमा आयोजना हुने गतिविधि कम्पनी आफैँले संचालन गर्नेछ।
लुमिनसका डिलरलाई कुनै पनि प्रकारको अतिरिक्त कार्यभार तथा व्ययभार ब्येहोर्न नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।