अपहरण र हत्या आरोपमा लण्डनका एक प्रहरीमाथि मुद्दा दर्ता

 चैत १, २०७७ आइतबार ११:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतको लण्डन महानगर प्रहरीका एक अधिकारीमाथि अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । 

३३ वर्षकी सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा ४८ वर्षका वायन कुजेन्समाथि मुद्दा दर्ता भएको हो । गएको मार्च ३ तारिखदेखि सम्पर्कविहीन भएकी एभरेड मृत अवस्थामा भेटिएकी थिइन् । 

एभरेडको हत्या आरोपमा प्रहरी जवान कुजेन्सलाई गएको मंगलवार पक्राउ गरिएको हो । हत्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ । 

महिलाहरुले सुरक्षा दिने निकायबाट नै असुरक्षा बढेको भन्दै प्रदर्शन  गरिरहेका छन् । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया