अमेरिकामा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघ्याे

 चैत १, २०७७ आइतबार ११:४१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघेको छ ।

वल्ड्रोमिटरकाअनुसार अहिलेसम्म अमेरिकामा ३ करोड ४३ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

विश्वमा कारोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ५ लाख ४६ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै, २ करोड २१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

११ हजार ३ सयभन्दा धेरैको अवस्था गम्भीर छ । अमेरिकामा कोरोनाका कारण जनजीविकामा नै समस्या परेकाहरुका लागि बाइडेन प्रशासनले १९ खर्बको राहत प्याकेज ल्याएको छ । यस्तै अमेरिकापछि ब्राजिल सबैभन्दा धेरै प्रभावित छ ।

ब्राजिलमा एक करोड १४ लाखभन्दा धेरै मानिसलाई सङ्क्रमण भएको छ भने दुई लाख ७७ हजारभन्दा  धेरैको ज्यान गएको छ । यस्तै, सबैभन्दा धेरै प्रभावित भएका देशको तेस्रो स्थानमा रहेको भारतमा एक करोड १३ लाखभन्दा धेरै सङ्क्रमित छन् ।

त्यहाँ अहिलेसम्म डेढ लाखभन्दा धेरैको कोरोनाका कारण ज्यान गएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया