श्रीलङ्काका सबै विद्यालय आउँदो अप्रिलदेखि खुल्ने

 चैत ३, २०७७ मंगलबार १०:११:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्काका सबै विद्यालयहरू आउँदो अप्रिलदेखि खुल्ने भएका छन् ।

स्थानीय सिन्हला र तमिल समुदायको नयाँ वर्षपछि मात्रै सबै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने भन्दै १९ अप्रिलदेखि सुरु गर्ने निर्णय भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको हो ।

कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गएको अक्टोबरदेखि विद्यालयहरु बन्द छन् । ५, ११ र १३ का कक्षा भने हिजोदेखि सुरु भएका छन् । विद्यालयहरु सबै खोल्नु अगाडि सबै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पूरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सबै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ ।

श्रीलङ्कामा कोरोना भाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये पाँच सय २७ जनाको ज्यान गएको छ ।  
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया