अमेरिकाको एट्लान्टामा आक्रमण : ६ एसियाली महिलासहित आठ जनाको ज्यान गयो

 चैत ४, २०७७ बुधबार १३:२४:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको जर्जिया राज्यको तीन ठाउँमा भएको गोली प्रहारमा ६ एसियाली महिलासहित आठ जनाको ज्यान गएको बीबीसीले जनाएकाे छ । 

प्रहरीका अनुसार एट्लान्टाको उत्तरतर्फ रहेको एक मसाज पार्लरमा चार जनाको ज्यान गएको हो भने एटलान्टाको दुई स्पामा चार जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ । 

अधिकारीहरुले तीनवटै घटनामा संलग्न रहेको आशङ्कामा एक २१ वर्षीय पुरुषलाई पक्राउ गरेको बताएका छन् ।

मङ्गलवार भएको यस घटनाको कारणबारे बताइएको छैन । 

पछिल्ला दिनमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ । 

गएको हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली अमेरिकीप्रति भएको आक्रमण, दुव्र्यवहारको खण्डन गर्नुभएको थियो । 

पहिलो अमेरिकी समयअनुसार साँझ ५ बजे योङ् एसियन मसाज पार्लरमा भएको बताइएको छ । 

प्रहरी कार्यालयका प्रवक्ता क्याप्टेन जे बेकरले घटनास्थलमा दुई जनाको ज्यान गएको र तीन जनालाई अस्पताल लगिएकोमा दुई जनाको त्यहाँ ज्यान गएको हो । त्यहाँ ज्यान गुमाएकामध्ये दुई एसियाली महिला, एक श्वेत पुरुष र एक श्वेत महिला रहेको बताइएको छ ।   

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया