विद्यार्थीमा भाइरल ज्वरो : डाेटीका तीन विद्यालय बन्द

 चैत ४, २०७७ बुधबार १८:१६:८ | रासस
unn.prixa.net

डाेटी – डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका ६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । 

विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरू विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिनुभयो । 

विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन थालेका छन् । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको शिक्षक चन्दले बताउनुभयो ।   

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया